Thursday, May 14, 2015

The Invisible Aftershocks of Earthquakes: Trauma [भुइँचालोको अदृश्य धक्का - मानसिक तनाब ]

( नेपालीमा पढ्न तल जानुहोस् )

Guest Post by Gina Gabelia

Nepal is reeling from not one, but two devastating earthquakes, and countless aftershocks, that hit the fragile nation within three weeks.  Recovery efforts which were well underway to clear rubble, provide temporary shelter, medical care, and rebuild homes, schools, hospitals, and cultural relics after the first quake hit on April 25 have reverted to emergency relief efforts to manage the damage and destruction caused by the May 12 quake.  While domestic and international teams search for survivors, mobilize and align efforts and resources to provide emergency medical care and deliver food, water, tents, clothing, tools, etc., another important consideration is psychological care.  Natural disasters, and earthquakes in particular, can cause concrete psychological distress to affected populations because they occur without warning and do not have a definite endpoint as after-shocks continue for days, and even months after the initial quake (1).  The unpredictability of earthquakes and the duration of aftershocks, in addition to continuous physical reminders of the actual quake and ensuing destruction, enhance feelings of uncontrollability, which contribute to psychological distress and trauma (1).


Recovery and relief efforts tend to focus on the tangible aspects of disaster, but once those immediate physical needs are met, it is critical to take measures to ensure people's emotional and psychological safety.  Nepal is still in shock and the full effects of the trauma – or Post Traumatic Stress Syndrome (PTSD) will not be known for at least 25 days, most likely longer considering the second quake, to manifest (3).  However, there are important measures people can take now to mitigate the effects of PTSD, which can be debilitating and seriously hamper recovery efforts after the emergency teams and international rescue missions leave. 

  • Ensure physical needs – food, water, shelter, clothing, medical care are attended to (2)
  • Connect with friends, family, and loved ones and take comfort from them  (2)
  • Gather information about where to receive relief assistance (2)
  • Define what needs to happen now, i.e. “find a tent before the rain starts”  vs. what can wait for a few days, i.e. “find a new job”
  • Take on one task at a time
  • Identify what you can control vs. what you cannot, and focus your efforts on what you can control. Remember that emergency teams, the government, and the International Community are in-country to help with what you cannot control.
Children are especially vulnerable to earthquake related PTSD.  Studies around the world indicate children who lived through earthquakes are prone to separation anxiety, depression, aggressive/delinquent behavior, loss of trust or security in the world and of adults to protect them, and regressive behaviors (2).  Children look to adults as a measure of their own safety; if they see adults express fear, trauma, or stress children get the message they are in danger and react accordingly (2).  Therefore, it is crucial for adults to take immediate, simple measures to help children feel safe, protected, and cared for. 

  • Try to stay calm.  Children receive the vast majority of their information through visual and intuitive observations; they react more to the tone of your voice than to your words and if they feel your stress they will react with stress (2)
  • Predictability is a key factor in making children (and adults!) feel safe; try to maintain as much of a normal daily routine as possible with meals, chores, play, etc. happening at about the same time (as much as possible!) (2)
  • School is not open, but if a Child Friendly Space is available make a daily schedule for children to spend a regular chunk of time engaging and playing with other children and caring adults
  • Stay physically close to your children; if you need to be away tell the children in clear, simple terms where you are going and how long you will be gone (as much as you know!) (2)
  • Children want adult reassurance of their safety more than anything – to know the “adults are taking care of business” to keep the world safe and predictable.  Even if they ask questions you do not know the answers to, tell them so and that you will try to find out (2). 
  • Be available to answer children's questions – try to answer questions as simply and succinctly as possible as they will be overwhelmed by too much information (2). 
  • Keep in mind each child – and their tolerance for trauma – is different and their long-term reaction to stress and trauma will be individualized based on their temperament and extent of exposure to the earthquakes and their aftermaths.  More specialized care from mental health professionals may be required in the future, but it is difficult to determine now as we are still in the “shock” phase of a natural disaster (2).

भुइँचालोको अदृश्य धक्का - मानसिक तनाब   

नेपालीमा अनुवाद: राजु अधिकारी

यी तीन हप्तामा नेपालले केवल एउटा होइन, दुइवटा खतरनाक भुइँचालो अनि कैयौँ धक्काहरू खपिसकेको छ । बैशाख १२ मा आएको भुइँचालोको राहत बाँढि नसक्दै, भग्नावशेषको सर्सफाइ गरि नसक्दै, र  भत्किएका घर, विद्यालय, हस्पिटल र सांस्कृतिक धरोहरलाई पुनर्निर्माण गर्न नपाउँदै, हामीलाई बैशाख २९ को भुइँचालोले फेरि एकपटक संकटमा धकेलिदिएको छ। राष्ट्रिय र अन्तरराष्ट्रिय संघ संगठनहरूले घाइतेहरूको खोजी गरेर मेडिकल, खाना, पानी, पाल, लुगाफाटो र अरू सामग्री प्रदान गरिरहँदा, एउटा अर्को ठूलो जिम्मेवारी हामीसामु खडा भएको छ - मानसिक सहयोगको । भुकम्प जस्तो दैविक प्रकोप कुनै खबर नगरि जुनै बेला पनि आउन सक्ने भएकोले, र एक पटक ठूलो धक्का आएपछि यसका झट्काहरू कैयौँ दिन र महिनासम्म पनि आउनसक्ने भएकाले यसले पीडित समुदायमा ठूलो मानसिक तनाबको स्थिति श्रीजना गर्दछ। ती बारम्बार दोहोरिरहने झट्काहरूको अन्योल र त्यसमाथि भत्केका भौतिक संरचना र अरू पीडित मानिसहरूको तस्बिरले मानिसको मस्तिष्कमा झन गहिरो तनाब र त्रासको स्थिति बनाउँछ।  

प्रकोपपछिको पहिलो घडीमा सबै क्षत्र भौतिक राहतको दिशामा लागे पनि, एकचोटी यो उद्देश्य पुरा भइसकेपछि, सबैले पीडितहरूको मानसिक सुरक्षातर्फ बिशेष ध्यान दिनु अत्यन्त आवश्यक छ। नेपालले अझै पनि भुकम्पको धक्का खपिरहेको यो अवस्थामा, मानसिक समस्याको विस्तृत लक्षण देखिन कम्तिमा अझै २५ दिन लाग्न सक्छ। तलका केही बुँदाहरू ध्यानमा राखेमा, सहयोगी समुहहरू आ-आफ्नो ठाउँमा फर्किसकेपछी पनि, PTSD (post traumatic stress disorder) को गहिरो चाँपबाट जोगिन सकिन्छ ।

- भौतिक सहयोग - खाना, पानी, घर, लुगाफाटो, औषधी उपचारको पुर्ती गर्नु
- साथीभाइ र आफन्तहरूसँग सम्पर्कमा रहेर एक अर्कालाई सहयोग गर्नु
- राहत सामग्री कहाँबाट लिन सकिन्छ भन्ने जानकारी राख्नु
- अरू जिम्मेवारी (जागिर कहाँ खाने हो?) लाई तत्कालिन समस्या (पानी पर्नुअघि त्रिपाल कहाँ पाईन्छ?) बाट अलग राख्नु
- एकचोटिमा एउटा काममा ध्यान दिनु
- आफ्नो हातमा के छ र के छैन को निर्धारण गरि, आफ्नो हातमा भएको कुरामा मात्र ध्यान दिनु। सरकार, अन्तरराष्ट्रिय समुदाय र अरू सङ्संस्थाहरूले तपाईंको हातमा नभएको कुराको जिम्मेवारी लिनेछन्।

मानसिक तनाबको असर साना केटाकेटीलाई ज्यादा हुने गर्दछ। विश्वका हरेक स्थानमा भुकम्पको मानसिक असरले गर्दा केटाकेटीहरूमा छुट्टिनुको व्याकुलता, हरेस्, आक्रोश / अपराध वोध, वयस्क र विश्वप्रतिको विश्वासको कमी, तापवोध, आदि समस्याहरू देखापर्ने गरेका छन्। केटाकेटीहरूले आफूभन्दा ठूला व्यक्तिहरूमा साहस र सम्यम्ता खोज्ने गरेको, र त्यस्को अभावमा उनीहरू झन गहिरो तनाबमा पर्ने गरेको कुरा बुझ्नु निकै आवश्यक छ। त्यसैले साना केटाकेटीहरूको सुरक्षाकालागि पनि युवावर्ग र अभिभावकहरूले त्रास र भयलाई पन्छाएर निम्न कुराहरु ध्यानमा राख्नु पर्छ:  

- सधैं सम्यम्ता कायम राख्नु। केटाकेटीहरूले तपाईंको शब्दमा भन्दा शैलीमा ध्यान दिने गर्दछन, यदि तपाईंको आवाजमा त्रास देखियो भने, उनीहरू झन त्रसित हुन्छन् ।  
- अन्योलको वातावरण हटाएर सामान्य दैनिक कार्यहरू गर्ने प्रयास गर्नु। खाना, सर्सफाइ आदि दैनिक क्रियाकलाप् कायम राखेमा केटाकेटीहरूलाई तनाबसँग लड्न सहयोग मिल्छ।
- विद्यालय बन्द भएको अवस्थामा केटाकेटीहरूलाई अरू साथीहरूसँग भेट्ने र खेल्कूद गर्न प्रोत्साहित हुने स्थितिको श्रीजना गर्नु
- आफ्ना केटाकेटीहरूको नजिकै बस्नु र यदि टाढा जानु परेमा कति दिनलाई कहाँ जाने सबै जानकारी सरल भाषामा स्पस्टसँग दिनु
- आफू सबै कुराको नियन्त्रणमा रहेको झल्को दिनु ताकि उनीहरूले सुरक्षाका बिषयमा आत्तिनु नपरोस्। 
- बालबालिकालाई आश्वासनको आवश्यकता पर्दछ। त्यसैले उनीहरूका प्रश्नको सजिलो उत्तर दिनु र उत्तर थाहा नभएको खण्डमा थाहा पाएपछि भन्छु भनि बुझाउनु । सोधेको भन्दा बढी घुमाइ फिराइ कुरा नगर्नु।
- हरेक बच्चाको यस्ता तनाबहरूसँग लड्ने क्षमता फरक हुन्छ र यसको गहिरो अनुसन्धान केबल स्वास्थ्यकर्मी र डाक्टरहरूले गर्न सक्ने भएकाले, यस कुरालाई सधैं सम्झि रहनु र भुकम्प पूर्णरूपले बन्द भएपछि यदि केटाकेटीमा केही समस्या देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीको सहयोग लिन नहिच्किचाउनु। 

Sources: ( श्रोत : )  



No comments:

Post a Comment