- राजु अधिकारी
भुकम्पको पछिल्लो घडीमा इन्टरनेटमा सल्बलाउने अनैतिक तत्वहरुले फेस्बुकमा भ्रामक हल्ला फैलाइरहेको चाल पाएँ । धेरैले भुकम्पको भविश्यबाँडी गरेको, धेरैले विदेशमा बस्नेलाई गाली गरेको र धेरैले नभएका र नघटेका घटनाहरूलाई समाचार बनाएर जनतमा आक्रोश थपेको देखेँ । हुँदा हुँदा कोहि कोहि ले त सचेत र सहि समाचार, सुचना र विचार सम्प्रेशण गर्ने ब्लगहरूमाथी पनि आक्रमण गरेको देखेँ । देशलाई हरेक किसिमको सहयोग चाहिएको यो अवस्थामा यस्ता घटनाहरूले देशबासीहरूलाई दुखित मात्र बनाउने होइन, संसारभरी नेपालको नाम बदनाम गर्ने र सहयोग गर्न चाहनेलाई हतोत्साही बनाउने काम गरेका छन । त्यसैले जनहीतमा केही कुरा याद रहोस् :
- राजु अधिकारी
- नेपाललाई अहिले औंला उठाउनेहरू, हल्ला फैलाउनेहरू, अनि लुट्ने, खोस्ने, र त्रास फैलाउनेहरूको खाँचो छैन । नेपाललाई अहिले पैसा उठाउने, राहत पुर्याउने, सहि समाचार प्रसारण गर्ने, विश्वास र मार्गदर्शन दिने नेतृत्वशील उदाहरणको खाँचो छ । र यो दु:खद परिस्थितीमा त्यो नेतृत्व हरेक दिशाबाट आवश्यक छ - इटाँ पन्छाउनेहरूबाट, पाल बाढ्नेहरुबाट, बिदेशी भित्तामा नेपालको फोटो टाँसेर रुदै पैसा उठाउनेहरूबाट, र निश्चय नै ब्लग र पत्रिकाका माध्यमबाट सुरक्षित रहन सन्देश अनि सम्यम र विश्वाशिलो रहन आग्रह गर्ने साथीहरूबाट ।
- नेपाललाई छातीमा टाँसेर सधै देशलाई अघि बढाउन तत्पर नेपालीहरू शायद सबै अहिले नेपालमा नहोलान । परिस्थितीले बाँधिएता पनि, मोबाइल्मा बीस पटक फोन लाएपछि बल्ल तल्ल बुवाआमाको र साथीभाइको त्रसित आवाज सुनेता पनि, देशले धक्का खाइरहदा टाढा बसेर बाध्यताकासाथ आफ्नो दीन्चर्या बिताउदा पनि, निरिह नभैकन देशलाई सहयोग गर्न कदम र कलम चलाऊनेहरूलाई औँला उठाउनेहरूलाई खबरदारी गरौँ ।
- नेपालमा फेरी कति बेला भुइँचालो जान्छ भन्ने कुरा कुनै ज्योतिश, इन्जिनिअर वा पत्रकारलाई थाहा हुने कुरा होइन । यस्ता समाचार फैलाउनेहरुलाई पहिचान गर्नु आवश्यक छ । भुकम्पलाई टेलिभिजनको श्रिन्खला बनाएर बेच्ने मिडियालाई पनि खबरदारी गर्नु पर्छ । तर यी हल्लाका माझबाट निस्पक्ष र जनहीतमा केन्द्रित समुहको पहिचान गरी उनीहरूसँग कदम मिलाउनु सबै नेपालीको महत्वपूर्ण दायित्व पनि हो ।
नेपाललाई अहिले हाम्रो खाँचो छ । र हामी सबैलाई एकअर्काको ।

(हाम्रो समुह onestopportal.org ले टाढा रहेता पनि, दिन रात मिहिनेत गरेर नेपाललाई सहयोग पुर्याइ रहेकोले, र बजारमा फैलिएका हल्लाहरूले मेरा साथीहरूलाई र हामीलाई विश्वाश गर्ने अरू कैयौँलाई अन्योलमा नपारुन भनेर, यो मनको बाँध फुटाएको हुँ।
No comments:
Post a Comment